कसको दम छ मलाई हटाउने म दुवै पद छोडदिन प्रधानमन्त्री ओली ,

असार १९ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने अडान राखेका छन् ,स्थायी समिति बैठक फेरी भिली बिहान बस्दै छ।

,आज बिहान नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्तामा ओलीले दुवै पद नछोड्ने बोलि दोहोर्याएका हुन्।

ओली दाहालको करिब तिन घण्टाको छलफलमा नेकपाका महासचिव बिष्णु पौडेल र स्थायी समिति कमिटी सदस्य जनार्दन शर्मापनि सहभागी भएका थिए।

प्रचण्डले ओलीलाई अब तपाईले निकास दिनुपर्छ भनेका थिए तर ओलीले दुवै पद छोडदिन भनेका थिए।

नेकपा बरिस्ठ नेता झलनाथ खनालले ओलीले दुवै पद नछोडे पार्टी अब चुप लागेर नबस्ने बताएका छन्।

उनले भनेका छन् अब भोलिको स्थायी समिति बैठकमा केहि निष्कर्ष आउछ र आउनुपर्छ ।

ओली प्रचण्डको छलफलमा आज २०७५ जेठ २ गतेको समझदारीमा फर्किए कुरा मिल्न सक्ने प्रचण्डले संकेत गरेका थिए तर, ओलीले २०७६ मंसिर ४ गतेभन्दा पछाडि फर्किन नसक्ने बताउँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान राखे।

तेस्पछि प्रचण्डले २०७५ जेठ २ गते तर्फा नफर्किने हो भने नयाँ सम्झौता हुनुपर्ने प्रचण्डले बताएका यसो गर्नुभनेको ओलीले प्रधानमन्त्री छोड्नु पर्छ।

प्रधानमन्त्री ओलीले पार्टी संचालन गर्ननसकेको भन्दै नेकपा बरिस्ठ नेता माधव कुमार नेपाल ,वामदेव गौतम लगायत नेकपा सम्पूर्ण नेताहरुले तत्काल दुवै पद छोड्न आग्रह गरेका छन्।

बिहिबार बसेको स्थायी समिति बैठकमा नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखिएको बताएका छन्।

स्थायी कमिटिका ३० जना सदस्यले प्रधानमन्त्रीले दुवैपदबाट राजिनामा दिनुपर्ने माग राखेका छन्। ओली प्रचण्डको आजको छलफलमा ओलीले दुवै पद नछोड्ने बताएपछि भोलिको स्थायी समिति नबस्नेपनि एक नेताले बताए।

उनले भने हामीले भोलिको बैठकमा पनि भन्ने कुरा ओलीको राजिनामा हो ,उनले टेरपुच्छर नलागाउने हो भने बैठक नबस्नपनि सक्छ विकल्पको खोजीमा हामि नँया प्रस्ताव राखछ।

ओलीले आफ्नो अडान नछोड्ने र नेकपाका नेताहरुले राजिनामाको माग गर्ने हो भने के हुने भन्ने नेकपा अन्यौलम छ ,अद्यापि नेपाका पार्टी भने नफुट्ने एक नेताले बताए।