Gold

नेपालमा पहिलोपटक डरलाग्दो कोरोना संक्रमण फेला सावधानी रहन मन्त्रालयको चेतावनी ,

Naumule Migrate

असार १९ ,काठमान्डौ – नेपालमा हाल सम्मकै उच्च रुपमा कोरोनाका बिरामी फेला परेका छन्। आज मात्र ७४० जना कोरोनाका नँया संक्रमित थपिएका छन्।यो नेपालमा हाल समक्कै उच्च हो।

यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। तेस्तै गत २४ घन्टामा ८ सय २३ जनाले कोरोनालाई जितेर घर फर्केका छन्।

कुल ६ हजार १ सय ४३ जनाले माथिको संख्याबाट कोरोनालाई जितेर घर फर्केका छन् भने यो संख्याबाट ३२ जनाको कोरोनाबाट निधन भईसकेको छ।

मन्त्रालयले हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। दैनिक १० हजार बढीको पीसीआर परिक्षन गर्ने मन्त्रालयको लक्ष्य भएपनि हुनसकेको छैन।

,गत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पीसीआर परिक्षन गरिएको मन्त्रालयले जनाएको हो।

Naumule Badhipahiro