मध्यरातमा घर परिवार पहिरोले बगायो ,

असार १९ , गुल्मी – गुल्मीमा गयराती पहिरोले घर बगाएको छ। गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा इस्मा गाउँपालिका १ हस्तीचौर गुल्मीका १८ महिनाका सिजन सारुको ज्यान गएको छ ।

पहिरोले बगाउदा भाग्ने क्रममा ४ जना घाईते छन् भने दुई जना अझै वेपत्ता छन्। रातिमा आएको पहिरोले बंगालो बगाएको र पुरेको स्थानियले बताए।

तेस्तै गुल्मीकै हस्तीचौरकै रिख बहादुर खत्रीको घर पनि पहिरोले बगेको छ । पहिरोमा पुरिएर ७ वर्षीया अपेक्षा खत्री बेपत्ता छिन भने ईश्वरा खत्रीको जीवीत उद्धार गरिएको छ।

उनको अवस्था गम्भीर छ घटनास्थलमा अहिले नेपालि सेनाको टोले पुगेर उद्धारमा खटिएको छ।