suekhet
bheriad

बझाङ्गमा पहिरोले १७ घर बगायो ठुलो मानवीय क्षति थप विवरण आउन बाँकि ,

lekabesi

असार २० ,काठमान्डौ – बझाङ्गको केदारस्युँ नगरपालिका ८ मल्लेसीमा शनिबार पहिरो जाँदा १७ घर बगाएको छ ।

पहिरोमा परि ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ।बिहान २ बजे राति पहिरो गएको र पहिरोले घर बगाएको भन्ने खबर आएको छ।

उद्दार गर्न जाने टोलीलाई जान बाटो नहुँदा एकिन विवरण आउन सकेको छैन।

,मल्लेसी जाने बाटो खोलैखोला जानुपर्छ जाने बाटोमा पनि पहिरो गईरहेको छ स्थानीय प्रशासनले रंग दर्पणलाई भन्यो।

अहिले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी छ ।

उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले जानकारी दिए ।स्थानीय दिपक बोहराक अनुसार ५ जनाको शव टाढाबाट देखिएको छ।