कोरोनबाट गोरखामा एक जनाको मृत्यु ,

असार २० ,गोरखा – कोरोनबाट गोरखामा एक जनाको मृत्यु भएको छ।
पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान मृत्यु भएको हो।

मृतक कतारबाट गत मंगलबार नेपाल आएका थिए ,४४ वर्षीय उनि मधुमेह रोगका बिरामी रहेको थिए।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ। जसको विवरण आज ४ बजे १५ मिनेटको मिडिया ब्रिफिङ्गमा स्वास्थ्य मन्त्रालयले जानकारी दिने छ।
