surkhet

नेकपा पार्टी फुटदैन फुट्नदिदैनौ जनार्दन शर्मा ,

surkhet

असार २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीकाका नेता स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपा पार्टी नफुट्ने र फुट्ननदिने बताएक छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन् म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन ।

नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेर्न समेत बताउदै शर्माले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् ।

Dailekh

दूई नेताले के गर्लान भनेर हेरेर नबस्ने र पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ ।

पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ,आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन शर्माले भने ।

Gorkha

एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई शर्माले आग्रह गरेका छन्।

रुपान्तरण सहितको एकता आजको आवश्यकता भएको हुनाले नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न समेत उनले जानकारी गरेको छन्।

पछिल्लो समय नेकपाभित्र प्रधानमन्त्री ओलीका गतिविधिले सिंगो पार्टीमा विवाद बढेको छ।

नेकापा स्थायी समितिका ३० जना सदस्यले प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् भने नेकपा बरिस्ठ नेता माधव कुमार नेपाल ,झलनाथ खनाल ,उपाअधय्क्ष वामदेव गौतम लगायतका नेताले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने अडान राखेका छन्।

ओलीले भने दुवै पद नछोड्ने बताएपछि आज तय गरिएको नेकपा स्थायी समितिको बैठक स्थगित भएको छ बैठक २२ गते बस्ने जानकारी छ।

salyan