ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप ,

असार २० ,काठमान्डौ – ललितपुरको खोकनामा खेत रोप्न पुगेका किसान र प्रहरी झडप भएको छ।

झडपमा प्रहरीले अश्रुग्यास समेत हानेको छ भने स्थानीयले पनि ढुंगा प्रहर गरेका थिए ,जसबाट केहि प्रहरी र स्थानीय घाईते बनेका छन्।

फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए ।

विकासको नामम जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै स्थानीय बासीले विरोध गरेको हुन्।

काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ ,भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ ।

किसानहरुले भने आफ्नो जग्गा खान जोत र उपभोग गर्न पाउने बताएका छन् ।यसअघि असार १५ गते धान दिवसको दिन पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।
,