प्रधानमन्त्रीले भने जस्तै राष्ट्रपतिलाई पनि संकट आईलागेको हो त ,
असार २० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक नरहने दिन आउन सक्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले आज आफ्ना निकट मन्त्रि सदस्य हरुसंग वालुवाटारमा बोलाएर छलफल गरेको र पार्टीको विवाद चरम अवस्थामा पुगेको बताए।
ओलीले मन्त्रिहरुलाई यो समेत भनेका छन् तपाई हरुको साईड कता ? प्रधानमन्त्रीले वालुवाटारमा मन्त्रिहरुसंगको छलफलमा राष्ट्रपति र आफूविरुद्ध अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको समेत बताएका छन् ।
प्रधानमन्त्रीले मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको छ।
म अन्तिम चरणसम्म पार्टी जोगाउने प्रयासमा जान्छु ,हजारौ गर्दापनि भएन भने अलग हुने समय आउछ त्यो बेला तपईहरुले मलाई साथ् दिनुपर्छ म भन्नेछु हजुरहरु कता।
पार्टी भित्रैबाट साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको समेत मन्त्रीहरुलाई उनले जानकारी गराएका थिए ।
ओलीले अगाडी भने आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,’ यसरि पार्टी चल्दैन ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति पछि मन्त्रिहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापा मगरले आ आफ्ना धारणा राखेका थिए ।
उनीहरुले ओलीलाई कुनै हालतमा पार्टी फुट्न नदिने र पार्टीमा कुनै विवाद भए दुवैजना अध्य्क्ष बसेर समेत मिलाउन आग्रह गरे।
प्रधानमन्त्री ओली शनिबार पनि रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए। रास्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने बारे कसैले ओलीलाई गलत सूचना दिएर उनि भौतारी रहेको समेत नेकपा श्रोतले जनायो।
प्रधानमन्त्रीले बाहिर कुनै हालतमा पनि पार्टी नफुट्ने संदेश लैजान आग्रह गरेका छन्।