surkhet

बझाङमा पहिरोले बगाएका ७ जना मध्ये ६ जनाको शव फेला ,

surkhet

असार २० ,बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा हराएका ७ जना मध्ये ६ जनाको शव फेला परेको छ भने १ जना झैँ वेपत्ता छन्।

वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा, ७ वर्षका प्रयाग जेठारा, १५ वर्षीय शान्ति जेठारा, १४ वर्षीय सन्तु जेठारा र ४६ वर्षीय रामकलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए ।

Gorkha

२२ वर्षीय गिरिजा जेठारा भने अझै बेपत्ता छन् । घटनास्थलमा अझै प्रहरी, सेना, सशस्त्र प्रहरी टोली पुग्न समय लागेकाले उद्धारको काम पनि ढिला भइरहेको हो।

Dailekh

पहिरोले १८ घरमा क्षति पुर्याएको छ भने ४५ घर अझै जोखिममा छन्।

जसबाट गाउँका करिब ४ सय जना विस्थापित भएका छन् । तेस्तै पहिरोले गण्डकी बजारका १६ पसल बगाएको समेत बगाएको बताएक हुन् ।

salyan