न आत्तिनुहोस ढलको पानि खाँदापनि कोरोना सर्दैन डा .रविन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ ,

असार २१,काठमान्डौ – पछिल्लो चरणमा उपत्यकामा कोरोना संक्रमणका बिरामी बढ्दै गईरहेका छन्।

स्वास्थ्य मन्त्रालयलेपनि ठुलो जनघनत्व हुने स्थान काठमान्डौ ,भक्तपुर ,ललितपुरमा कोरोना संक्रमणका बिरामी फेलापर्दै गैरहेको र काठमान्डौका ढलमा समेत कोरोना फेला पर्दै गैरहेको हुनाले सबैसचेत हुनुपर्नेमा जानकारी समेत बताएको छ।

यस्तो बेला जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले ढलमा कोरोना देखिनु र यस्तो परिक्षण सर्भेको लागि गरिने भएको हुनाले नआत्तिन आग्रह गरेका हुन्।

उनले टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर गरिने पुरानो खालको बिधि रहेको पनि बताए।

कोरोना भाईरस जीवित कोषमा बाँच्ने भएको हुनाले ढलमा एक्टिभ नहुने र भाईरसको टुक्रा फोहोर वा जिन देखिने उनले बताए। ढलको पानि खाँदापनि कोरोन भाईरस मानिसमा सर्दैन र प्रमाणित पनि छैन।

डा पाण्डेका अनुसार स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थिय।

त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थिय। २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थिय। तर त्यो समयमा त्यहाँ कोरोना संक्रमणको महामारी फैलिएको थिएन ढलमा देखिने बित्तिकै महामारी हुँदैन।

तर यो देखिनु भनेको समुदायमा संक्रमण छ भन्ने बुझिन्छ र तिब्र रुपमा परिक्षण गर्नुपर्छ। अहिले नेपालका ७७ जिल्लमा कोरोना संक्रमण देखिएपनि परिक्षण भने न्यून रहेको छ यो बिडम्बनाको विषय रहेकोपनि पाण्डेले बताए।

स्वास्थ्य मन्त्रालयमा नँया कर्मठ टिम नभएसम्म संक्रमण बढ्दै जाने तर परिक्षण घट्दै जाने भईरहेको छ। निजि प्रोग्शालाका जनशक्तिलाई उपयोग गरेर पीसीआर टेस्टको दायर बढाउन पनि उनले आग्रह गरेका छन्।

कोरोनबाट बच्न सबैले घर भित्र बस्ने ,भिडभाडमा नजाने ,माक्स अनिवार्य चस्मा ,पन्जा लगाउने र सामाजिक दुरी कायम गर्नपनि पाण्डेले जानकारी दिएका छन्।