suekhet
bheriad

ओली प्रचण्ड बीच वालुवाटारमा भनाभन ,

lekabesi

असार २१ ,काठमन्डौ – नेकपा पार्टी भित्र अहिले आन्तरिक चर्का चर्की भएको छ। नेकपा नेताहरुले दुवै अध्य्क्षलाई बसेर छलफल गर्न र समस्यासमाधानको विकल्प खोज्न आग्रह गरेका छन्।

ओली र प्रचण्डको निरन्तर दैनिक जस्तो भेट घाट तिब्र भएको छ ,तर आजको प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा भने दुवै अधय्क्ष बीच भनाभन भएको छ।

ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै आफ्ना निकटका मन्त्रिहरुलाई छलफलमा बताएका थिए।

आजको छलफलमा ओलीले प्रचण्डलाई सुरुमै राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

दाहालले ओलीलाई जवाफमा भनेका थिए ,गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ बरु तपाईले मन्त्रिहरुलाई वालुवाटारमा बोलाएर गलत सूचना प्रभाह गर्नुभएको छ मलाई थाहा छ भन्दै असन्तुष्टि पोखेको नेकपा श्रोतले जनाएको छ।

ओलीले दाहाललाई शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । दाहालले प्रधानमन्त्रीनै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएका थिए।

खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । यो विषय बाहिरीएपछि ओलीले रास्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको बताएक हुन्।

ओलीसँग भेट गर्नुअगाडि दाहाल पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न राष्ट्रपतिकहाँ पुगेका थिए ।

उनीहरुले राष्ट्रपतिको संस्थालाई विवादनपार्ने आफुहरुले कुनै तेस्तो कुरा नगरेको बताएका थिए ,बल्कि यस्तो भनाई वालुवाटारबाट फैलाईएको झलनाथ खनालले बताएका थिए।

उक्त विषयलाई लिएर प्रधानमन्त्रीले आफ्ना निकटका नेताहरुलाई भनेका थिए म अन्तिम चरण सम्म पार्टी बचाउनेमा जान्छु तर केहि गर्दा सम्म पनि भएन भने पार्टी फुट्न सक्छ त्यो बेला तपाइँहरु कता जाने भन्ने सोच्नुहोला मा भन्ने छु भनेका थिए।

आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्षबीच सवालजवाफ भएपछि थप संवाद भोलि हुने छ। त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।नेकपाको स्थायी कमिटी बैठक भोलि सोमबार बस्दै छ।