प्रधानमन्त्रीले भने राजिनामा दिन्न तर ५ बुँदामा सहमति गर्छु के के हुन् त ,
असार २१ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा अहिले विवाद बढ्दै गएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डको दनिक जस्ती भेट छलफल चलिरहेको छ ।
आजपनि दुवै अध्यक्ष बीच छलफलमा केहि भनाभन र असन्तुस्टि भएको नेकपा वालुवाटार श्रोतले जनाएको छ।
नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी फ़ुटाउन लागेको र पार्टी विधिसंवत नभई एकलौटी चलाउन लागेकोले दुवै पदबाट राजिनामाको दवाद दिईएको छ।
यता ओलीले भने आफुलाई बिना कारण हटाउने षड्यन्त्र भईरहेको र रास्ट्रपतिलाई महाअभियोग लगाउन लगाएको बताएका छन्।
ओलीले आफुलाई बिनाकारण वादविवाद गरेर हटाउन खोजे आफुले कुनैपनि पदबाट राजिनामा नदिने र बरु पार्टी फुट्न सक्ने चेतावनी दिएका छन्।
नेकापा स्थायी कमिटिका ३० जना सदस्यले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामाको माग गरेका छन्।
तेस्तै पार्टी उपाअध्य्क्ष बामदेव गौतम ,बरिस्ठ नेता माधव कुमार नेपाल ,झलनाथ खनालले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठल गायतले राजिनामा मागेका थिए ।
पनि राजीनामाको माग गरेका छन्। तेस्तै प्रधानमन्त्री ओलीले आफ्नो नजिक बनाएका गृहमन्त्री राम बहादुर थापा बादल ,उधोग मन्त्रि लेखराज भट्टपनि अहिले नेकपा अध्य्क्ष प्रचण्डतिरा लागेपछि ओली झन् तनाबमा छन्।
अन्य नेताले भने यो सामान्य विवाद नभएको र तत्काल दुवै अधय्क्ष बसेर मिलाउन आग्रह गरेका छन्। यो विवादले पार्टी विभाजन हुनसक्ने उनीहरुको भनाई छ।
प्रधानमन्त्री ओलीले भने जस्तो नमान्ने हो भने नेकपा भित्र थप पाँच बुंदामा सहमति गाडी बढाईएको छ।
१. प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष-
नेकपाले यो बुँदालाई व्याख्या गर्दै ‘बैठक संचालन गर्न र पार्टीका अरु गतिविधि संचालन गर्न परामर्श नचाहिने,एक्लैले निर्णय गर्न सक्ने’ प्रस्ताव गरिएको छ ।
२. माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र’हुनुपर्ने ,
सरकार संचालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको संयन्त्र बनाउन प्रस्ताव गरिएको छ ।
सरकार संचालनका लागि बनाइने संयन्त्रको सम्भावित अध्यक्ष माधवकुमार नेपाललाई बनाउने प्रस्तावमा रहेको स्रोतको दावी छ । यसको व्याख्यामा ‘सरकारका महत्वपूर्ण काम, कारवाही, निर्णय र नियुक्तिका बारेमा संयन्त्रमा छलफल गरेपछि मात्र सरकारले निर्णय गर्ने’ उल्लेख छ ।
३. मन्त्रिमण्डल पुर्नगठन,,
सबै नेताको भावना सम्वोधन हुनेगरी मन्त्रिपरिषद् पुर्नगठन गरेर सरकारलाई गति दिन प्रस्ताव गरिएको छ ।
४. असमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने,
यसअघि भएका असमान नियुक्ति खारेज गरेर पुर्ननियुक्ति गर्ने भन्ने उल्लेख छ । प्रदेशका मुख्यमन्त्री, सल्लाहकारहरु तथा अन्य सुविधाका पदमा रहेका नियुक्तिमा हेरफेर गर्ने प्रस्तावमा गरिएको छ ।,,
नेकपाले सरकारको नेतृत्व गरेका ६ मध्ये २ वटा प्रदेशको मुख्यमन्त्री हेरफेर गर्ने प्रस्ताव गरिएको छ ।
५. विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँड,
सहमतिको पाँचौ नम्बर बुँदामा पार्टीलाई विधीसम्मत ढंगले संचालन गर्ने उल्लेख छ । यसका लागि जिम्मेवारी नपाएका सदस्यहरुलाई सम्मानजनक जिम्मेवारी दिने उल्लेख छ ।
खासगरी मुख्यमन्त्री र मन्त्रीहरुले पाएको दोहोरो जिम्मेवारी अन्त्य गरेर उनीहरुलाई एक पद दिने प्रस्तावमा उल्लेख छ ।नेकपा स्थायी कमिटिको बैठक भोलि बस्दै छ जसमा थप छलफल हुने नेकपा श्रोतले जनाएको हो।