पार्टी एकताका काम छोडेर कोहि पन्छिन मिल्दैन माननीय टेक बहादुर बस्नेत ,

असार २२ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी भित्रको आन्तरिक विवाद चर्किदा नेपाली जनता निरासमा पुगिसकेक छन्।

आम नेकपा पार्टीका नेता कार्यकर्ताहरुले पनि पार्टी फुटसंघारमा पुग्नसक्ने भन्दै चौतर्फी खबरदारी गरिरहेका छन्।

यस्तो अवस्थामा टूटफूट र विभाजनकाे एउटा विरासतलाई ताेडेर पार्टी अगाडी बढ्नुपर्ने कर्णाली प्रदेश सल्यान जिल्लका माननीय टेक बहादुर बस्नेतले आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०७५ साल जेस्ठ ३ गते एक भै एउटै लक्ष्य, कार्यदिशा र सिद्धान्तमा सहित भएको सर्वाविवितई छ।

बस्नेतले भनेका छन् यो महान कार्यको जिम्मा वर्तमान नेकपाका प्रधानमन्त्री केपी शर्मा वली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगिसकेपछि बीच बाटोबाट पन्छीन मिल्दैन।

पार्टी एकताका थुप्रै कार्य बाँकी छन् ,दुइ तिहाई सरकारको नेतृत्वलाई नेपालि जनताले स्वाबासी दिईसकेका छन्।

पार्टी एकिकरण भएको ७ सय ८० दिन पुगेपनि दुई तिहाइ सरकारले संविधानकाे कार्यान्वयन, संविधानका मुल अन्तरवस्तु “गणतन्त्रकाे सुदृढीकरण, संघीयता, धर्मनिरपेक्षता र राज्यका सबैतह र संवैधानिक निकायमा समानुपातिक-समावेशी प्रतिनीधित्वकाे व्यवस्था”काे रक्षा र कार्यान्वयन गर्नुपर्ने काम अझै बाँकी रहेको माननीय बस्नेतले बताए ।

आजको व्यवस्था र यस्ता बाँकी कार्यलाई नेकपाले मात्र गर्न सक्ने र आफ्नो जिम्मेवारीबाट पन्छिएर जाने छुट नेतृत्वलाई नभएको समेत उनले बताए ।

पार्टीको जिम्मेवारी एकता नेतृत्वको लागि सिद्धान्त, कार्यदिशा र अधिनमै रहनुपर्ने बताउदै बस्नेतले पार्टीले तिन काम गर्ने र तिन काम नगर्ने सुझाव दिएका छन्।

पार्टीले अहिले नगर्ने काम यस्ता छन् ,

१- पार्टी विभाजनलाई टेवा पुग्ने कुनै पनि संचार माध्यम, सडकमा लज्जाजनक नाराबाजी कुनै पनि गतिविधि गर्न राेक लगाउनु पर्छ, याे गर्नु नपर्ने काम हाे।

२- हाम्राे लक्ष्य, कार्यदिशा र सिद्धान्त विराेधी रमाउने र उनकाे रणनीति सफल हुने बाटाे छाेड, पार्टी एकता गर, विभाजन नगर।

३- मार्क्सवादले कुनै पनि वस्तुकाे विकाश वा विनाश कारणा आन्तरिक प्रधान हुन्छ, त्यसकारण समस्याकाे समाधान भित्रै खाेज, बाहिर हाेईन।

पार्टीले गर्नुपर्ने काम ,

१- पार्टीमा सम्मानजनक कार्यविभाजन गर।

२-पार्टी एकीकरणकाे बाँकी काम पूरा गर्दै पार्टी कार्यभार पूरा गर्न लायक नयाँ ढङ्गकाे पार्टी निर्माण गर्ने आधार तयार गर।

३ -शान्ति-प्रक्रियाका बाँकी काम पूरा गर।