suekhet
bheriad

बर्दियामा आँखामा खुर्सानीको धुलो छर्केर पसलबाट सुन चोरी,

lekabesi

असार २२ ,बर्दिया – बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धुलो छर्केर मंगलसूत्र चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गुलरिया नगरपालिका ५ का २२ वर्षीय रबिन चौधरीलाई प्रहरीले नियन्त्रमा लिएको हो। चौधरी सुनको गर गहन किन्न अफतावको पसलमा पुगेका थिए।

,सामान मन परेपछि पैसा तिर्नेबेलामा पकेटबाट खुर्सानीको धुलो निकालेर आँखामा हाली मंगलशुत्र लगेर भागेका थिए।

अफतावको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले चौधरीलाई नियन्त्रणमा लिइएको र सुनको मंगलशुत्र पनि बरामद गरेको बताए।

प्रहरीले खोजि गर्दै जाँदै उनीबाट १८ पिस मंगलसूत्र, खुर्सानीको धूलो, १ थान सादा मोवाईल, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको ३१८ पिस कागजको गड्डी फेला परेको खड्काले जानकारी दिए ।

बरामद गरिएको करिब ३ तोला परिमाणको मंगलसूत्रको बजार मुल्य २ लाख ७६ हजार ४४५ रुपैयाँ छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएको छ ।

सुन चाँदीपसल जिल्ला प्रहरी कार्यालय देखि करिब १ सय ५० मिटरको दूरीमा छ तर दिनमानै चोरी हुँदा पसल देखि वरपरका चार छिमेकी अच्चामित परेका हुन्।