वालविवाह रोक्न गयका प्रहरीलाई आफ्नै प्रहरी जवानले अवरोध गरे ,,

वैशाख,१५,, वीरगञ्ज – पर्सामा बाल विवाह रोक्न पुगेको प्रहरी टोलीलाई प्रहरी उनकै जवानले नै राेक्ने प्रयास गरेका छन् । अवरोध पुर्याउने प्रहरी जवान वुलेटप्रसाद यादवलाई पक्राउ गरियको छ।

वीरगञ्ज महानगरपालिका–२७, उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोलीलाई प्रहरी जवानले अवरोध पुर्याउन खोजेका हुन् । अवरोध पुर्याउने प्रहरी जवान यादव भोटेचौर सिन्धुपाल्चोक दरबन्दी भई सोहि स्थानमा कार्यरत जवान हुन् ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले वीरगञ्ज महानगरपालिका–२७ उदयपुरघुर्मीमा बाल विवाह रोक्न गएको प्रहरी टोलीमाथि यादवले अवरोध पुर्याएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘१२ र १३ वर्षका दुई बालिकाको विवाह हुँदै गरेको जानकारी पाएपछि सम्झाउन टोली खटाएका थियौं,।’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘टोलीले सम्झाइ– बुझाइ गरेर आइसकेपछि पनि फेरि विवाह हुन लागेको जानकारी आयो, ।रोक्न गएको टोलीसँग यादवले विवाद गरी अन्य व्यक्तिहरुलाई समेत उक्साएकाले पक्राउ गरेका छौं ।

पक्राउ परेका प्रहरी जवान यादवविरुद्ध विभागीय कारबाही र ऐन अनुसार दुवै कारबाहीको पक्रिया अघि बढी सकेको प्रहरीले जनाएको छ ।

बाल विवाह गर्न गराउन खोज्ने केटा र केटी दुवै पक्षका अभिभावकहरु भने फरार छन् । प्रहरीले उनीरुको खोजी कार्य भइरहेको जनाएको छ ।

स्रोतका अनुसार केटा पक्षले विवाहको सम्पूर्ण खर्च बेहोर्ने शर्तमा विवाहको टुंगो लगाइएको थियो । वैशाख १३ गते- ११ र १३ वर्षका दुई बालिकाको विवाहको लागि सम्पूर्ण तयारी गरी पुजा हुँदैछ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।

६० जना प्रहरीको टोली विवाह हुन लागेको घरमा पुग्दा ११ र १३ वर्षका बालिकासँग बिबाहको लागि सम्पुर्ण तयारी गरी पुजा गर्दै थिए । प्रहरीलाई देख्ने बित्तिकै बाल विवाहमा सहभागी भएका केटा तथा केटी पक्ष भागेको प्रहरीले जनाएको छ ।