suekhet
bheriad

पार्टी एकता भंग नहोस भन्दै उर्लियो युवा संघ नेपाल ,

lekabesi

असार २२ ,काठमान्डौ – राष्ट्रिय युवा संघ नेपालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही धर्ना सहित खबरदारी गरेको छ।

काठमाडौं ,भक्तपुर ,ललितपुर जिल्ला कमिटी राष्ट्रिय युवा संघ नेपालद्वारा कुनैपनि हालतमा पार्टी फ़ुटाउन नहुने भन्दै नेकपा प्रधानमन्त्री केपी शर्मा ओली नेकपा अध्य्क्ष प्रचन्ड सहित अन्य उच्च स्तरका नेता कार्यकर्तालाइ खबरदारी गरेको हो।

युवा संघले पार्टी एकता जिन्दाबाद ,ब्याक्ति होईन निजि प्रधान पार्टी निर्माण गरौ ,एमसीसी खारेज गर ,हामि एकताबद्द नेकपा चाहन्छौ, हामि जनपक्षिय नेकपा चाहन्छौ जस्ता प्लेकार्ड बोकेर धारणा दिएको छ।

साथै युवासंघले पार्टी एकताको पक्षमा केन्द्रीय कार्यालयका सचिव लाई हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको छ।

नेकपा भित्र अहिले आन्तरिक विवाद हुँदै गएपछि प्रधानमन्त्री ओलीले पार्टी फुट्न सक्ने आफ्ना स्तरका मन्त्रि कार्यकर्तालाई बताईएका थिए।

ओलीले अन्तिम चरणसम्म पार्टी बचाउनेमा जाने तर कुनै पनि हालतमा आफुलाई दबाब दिन नछोडीए पार्टी फुट्न सक्ने र त्यो बेला आफुलाई साथ् दिन उनले आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अधय्क्ष प्रचण्डबीच निरन्तर छलफल चलिरहेको छ ,आजको छलफल भने विना निष्कर्षबिना प्रचण्ड बाहिरिएका छन्।

आज बस्ने भनेको स्थायी समिति बैठक स्थगित भएर २४ गते बस्ने भएको छ। पार्टीलाई विधिगत रुपले संचालन नगरेको भन्दै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने नेकपाका नेता हरुको भनाई छ तर ओली यो मान्न तयार छैनन।