Gold
Bangad salyan

ओली प्रचण्डपक्ष बीच कैलालीमा कुटाकुट ,

Salyan

असार २२ ,कैलाली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेताहरूबीच रोईलो चलिरहेको छ। आन्तरिक विवाद भईरहेकोबेला कैलालीमा नेकपा समूहबीच कुटाकुट भएको छ ।

सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच कुटाकुट भएको हो ।

कैलालीको लम्की चोकमा सोमबार साँझ ओली समर्थकले कार्यक्रमको आयोजना गरेको थियो।

उक्त कार्यक्रममा ओली समर्थकले प्रचण्डकस्तो भन्ने हामीले बुझेका छैनौ र भन्दै भाषण गरेकैबेला प्रचण्ड पक्षका कार्यकर्ता कसलाई नाम तोकेर बोलेको भन्दै झडप भएको भिडियोमा देख्न सकिन्छ।

सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट मानिँदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै भाषण गरेका थिए ।

 

लगत्तै बोल्न माइक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए ।

तेस्पछि प्रचण्ड निकटका युवाहरु खडकामा खानीएका थिए ,लगतै प्रहरी टोलीले विवाद साम्य परेको थियो।