suekhet
bheriad

होउ र झलनाथ खनालबीच भेट घाट ,

lekabesi

असार २३ ,काठमान्डौ – चिनियाँ राजदूत होउ यान्छी र नेकपा बरिस्ठ नेता झलनाथ खनालबीच भेट घाट भएको छ।

खनाल निवास डल्लुमा होउ यान्छी मंगलबार पुगेर करिब एक घण्टा छलफल भएको छ। होउ यान्छीले यो भन्दा अगाडी नेकपा बरिस्ठ नेता माधव कुमार नेपालसंग पनि भेट घाट गरेकी थिइन्।

नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले आन्तरिक विवाद बढेको छ,नेकपा स्थायी कमिटीको बैठकमा नेकपा अधय्क्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको छ ।

ओलीले भने कुनै पनि हालतमा राजिनामा नदिने धम्कि दिएका छन् भने बरु नँया खोल्ने समेत बताएपछि आम नेता कार्यकर्तालाई प्रश्न उब्जाएको देखिन्छ।

यो संगै चिनियाँ राजदूत होउले नेताहरुसंग सक्रियता बढाएको देखिन्छ। नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।

तर धेरैले भने नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर प्रश्न गरेका छन्।