suekhet
bheriad

१२ बुँदे सहमति पछि अनसन तोडाईयो ,

lekabesi

असार २३ ,काठमान्डौ – सरकारले पीसीआर परीक्षणको दायरा न बढाएको भन्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सहमतिसँगै उनीहरुले मंगलबार विहान पानि पीएर अनसन तोडेका छन् । सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

सहमति पत्रमा विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने वा उनीहरुको ईच्छा अनुसार होम क्वारेन्टिनमा राख्ने वा वेस्था गर्ने सहमति भएको छ।

तेस्तै सम्मानित सर्वोच्च अदालतको सैसला आदेश बमोजिम परिक्षन तथा क्वारेइनटाईन लगायतका विषयका विषयमा हाल जारि निर्देशिका ,प्रोटकल परिमार्जन गर्ने जस्ता विषमा सहमति भएपछि अनसन तोडीएको छ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

अनसन बसेकाहरुको स्वास्थ्य बिग्रिदै गएपछि अस्पताल भर्ना गरिएको थियो उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।