surkhet

प्रचण्डको बुइ चढेर बनेका हाम्रा प्रधानमन्त्री ओली ,

surkhet

असार २३ ,काठमान्डौ – बिधिको शासनमा ब्यक्ति हावी हुनु दुर्भाग्य हो।ब्यक्ती बचाउका लागि आसेपासे लाई आफ्नो भजनमंडली गर्न सडकमा उतार्नु लज्जा को विषय हो।

नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औंला ठड्याउन पाउदैन र त्यो हिम्मत पनि गर्दैन।कार्यशैली ठिक भएन भने नेतृत्वप्रती प्रश्न उठने हो ।

अहिले को राजनीतिक परिवेश आफू मात्रै ठिक आफ्नो भजनमंडली गरिदिने मात्रै ठिक भन्ने गलत प्रवृत्तिले गाजिएको अवस्था हो।

Dailekh

आफ्नो गुटको भएपछि सात खत पनि माफ हुने ।भ्रष्ट ,तस्कर ,कमिसनखोर, दलाल महान हुने यस्तो परिपाटीले कम्युनिष्ट पार्टी रहन्छ र चल्छ?आफू नै सर्वैसर्वा हु भन्ने दम्भ र अहंकारले कम्युनिष्ट पार्टीलाई जनताको पार्टी बनाउन सकिन्छ ?

गफले लङ्का जिते भन्ने काममा सिन्को नभाच्ने यस्तो तरिकाबाट जनताले सुख पाउछन् ?नितिनियम निर्माण गर्ने कार्यकर्ता जनताले नियम पालना गर्नुपर्ने नेतृत्वले जे गरे पनि हुने के यहि हो लोकतन्त्रको मुल्यमान्यता ?

आलोचना सुन्नै नचाहने ,पचाउनै नसक्ने कम्युनिष्ट पार्टीको सदस्य वा नेता बन्न सक्छ? यावत् थुप्रै प्रश्नहरु अहिले सचेत कम्युनिष्ट सदस्यको मन मस्तिष्कमा उब्जिएका छन् ।

नेपालमा कम्युनिष्ट पार्टीहरुको धेरै लामो इतिहास नभए पनि टुटफुट का थुप्रै शृङ्खलाहरु घटेका छन।त्यसैले नेपालका कम्युनिष्टहरु जुट्न जानेका छैनन् फुट्न मात्रै जानेका छन् भन्ने गरिन्छ।

जब कम्युनिष्ट पार्टीका नेताकार्यकर्ता ब्यक्तिगत लोप र लालचमा फस्छन तब पार्टी लाई भ्रष्ट र बदनाम गराउछन जसले गर्दा देश र जनताको उन्नति र प्रगतिमा बाधा पुग्छ।अहिले नेपाल मा दुईतिहाइ प्राप्त कम्युनिष्ट सरकार छ ।

तर जनताले चाहे अनुसारको विकास र समृद्धि छैन।दुईतिहाई बहुमत प्राप्त सरकारको बागडोर तत्कालीन नेकपा एमाले का अध्यक्ष खडक प्रसाद ले समालिराखेका छन।उनी गफ , उखान टुक्का माहिर छन।

त्यसैले कतिपय जनता उनको हस्यौली पारालाइ खुबै मन पराउछन।उनी नेपाली राजनीतिका चतुर र छुद्र खेलाडी पनि हुन।यसरी बहुमत प्राप्त पार्टी सरकारमा हुँदा पनि जनअपेक्षा अनुसारका कामहरु भइराखेका छैनन् ।

नेपालमा पुष्पकमलहरु राजतन्त्रको जरो उखेल्नको लागि आफ्नो जिउ ज्यान लाई हत्केलामा राखी तत्कालीन ज्ञाने सरकार का विरुद्ध युद्ध गरिरहदा , खडकप्रसादहरु आफ्नै मस्तिमा थिए ।

निन्द्रा बाट ब्युझिएर उनि भन्ने गर्थे नेपालमा गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एकै हो ।आज उनै खडकप्रसाद प्रचण्डले लडेर ल्याएको गणतन्त्र नेपालका प्रधानमन्त्री छन् ।

अझ रोचक कुरा त के भने अघिल्लो पटक र यो पटक गरि दुई चोटि उनै प्रचण्ड को बुइ चढेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बने।

दुईदुई पटक प्रधानमन्त्री बनाइदिएको उपलक्ष्यमा आज उनै खडकप्रसाद र उनका भजनकृतन गाउने नेताकार्यकर्ताहरु प्रचण्ड लाई भारतको एजेन्ट को बिल्ला भिराइरहेका छन् ।

त्यतिमात्र होइन हत्यारो ,दलाल आदिआदी छाडा तथा भद्दा शब्द प्रयोग गरि प्रचण्डको सत्तोसराप गरिरहेका छन् ।सामाजिक संजाल देखि सत्ता अनि सडक जतासुकै खडकप्रादको गुटका मान्छेहरु रोइकराइ गरिरहेका छन् ।

सत्ता बचाउनका लागि हिजो राजाको पालामा राजाको जयजयकार गरेको झै झल्को अहिले वलि गुटका कार्यकर्ताहरुले दिरहेका छन् ।अहीले न राजतन्त्र छ न पन्चायत यो त लोकतान्त्रिक गणतन्त्र नेपाल हो।

यहाँ जनता बाट निर्वाचित जनप्रतिनिधिहरु छन् ।तिनै जनप्रतिनिधिहरुले सरकार संचालन को निमित्त संसद बाट प्रधानमन्त्री चुन्ने हो।बहुमत सांसदहरुले प्रधानमन्त्री असक्षम भय विकल्प खोज्नुपर्छ भनेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो।

अहिले त खडप्रसाद लाई पार्टी भित्रै बाट बहुमत भन्दा पनि पुर्ण बहुमत सदस्यले राजीनामा दिनुहोस् भन्दा ओलि अझै कडा प्रतिवाद मा उत्रिन्छन यो जस्तो कम्युनिष्ट पार्टीमा लज्जाको विषय अरु के नै हुन सक्ला र ?

उनी पार्टी लाई एकढिक्का बनाएर अघि बढने पक्षमा छैनन् ।पार्टी फुटाल्न तयार छन तर पार्टी एकताको लागि कुर्सी छोडन तयार छैनन् ।मानौ कि पद उनका लागि पेवा हो।यति ठुलो कम्युनिष्ट पार्टी छ ।

पार्टीमा निति विधि बिधान छ त्यो सबै मान्न तयार छैनन् ओलि।एकाधिकार मात्रै लाद्ने प्रवृत्ति ओलिमा हावी भएको छ।पार्टी संगठन ,सरकारी नियुक्ति आदि सबै ठाउमा आफ्नै गुटको भजनकृतन गरिदिने नेताकार्यकर्ता लाई भर्ती गरेका छन् ।

Gorkha

ओलि मा मात्रै होईन उनको गुटमा भएका नेताकार्यकर्ता मा ओलिको जस्तै दम्भ र अहंकार छ। खडकप्रसाद कुर्सीमा लम्पसार परिरहेका छन।

सत्ताको गुलियो रसले उनलाई लठ्ठ बनाएको छ।उनका विशेष दुत पुर्व सूचना तथा संचार मन्त्री बास्कोटा अहिले अप्रत्यक्ष रूपमा अकुत सम्पत्ति थुपार्न लागिरहेका छन ।

उनलाइ सत्तरी करोड काण्डले मन्त्री पदबाट भुइँमा पछारिदियो।यो त ओलि सरकार को एउटा उदाहरण मात्रै हो यस्ता थुप्रै अनियमित आर्थिक चलखेल भैरहेका छन ओलि सरकारमा।

अहिले देश कोरोना भाइरसले आक्रान्त भैरहेको बेला रास्ट्रिय एकताको आवश्यकता छ्।तर अवस्था त्यस्तो छैन दलहरुको।अहिले स्वस्थ प्रतिस्पर्धाभन्दा एकाअर्कामा घृणा फैलाइरहेका छन् ।

दलभित्र एक नेताले अर्का विरुद्ध ,बाहिर एक दलले अर्कालाई गालिगलौज गर्ने अस्वस्थ क्रियाकलाप नियमित बनेको छ।राजनीतिमा एउटा पनि असल मानिस छैन ।

राजनीतिकर्मी भनेका बदमास हुन र तिनले मुलुकको हित गर्न सक्दैनन् भन्ने निस्कर्स निस्किदैछ।यसले राजनीतिकर्मी र दलिय पद्धतिमा खिया लगाइरहेको छ।
अहिले हरेक पार्टीमा चाकरी र चाप्लुसी गर्नेको संख्या असंख्य छ।त्य

स्ता ब्यक्तिहरुमा स्वार्थ मात्र हुन्छ।नेतृत्वमा रहेकाहरुबिच वैमनस्यता ,मतमतान्तर ,झगडा चर्काउनुमा तिनको महत्त्वपूर्ण भुमिका हुन्छ।

विशेष गरेर कम्युनिष्ट पार्टीमा ब्यक्ती भन्दा विधि प्रधान हुन्छ।तर खडकप्रसाद ले त्यो सबै लत्याइदिएका छन ।उनले MCC पास गर्नको लागि निकै कसरत गरेपनी असफल भएपछि झनै कट्टर भएका छन।

उनी अहिले कांग्रेस र आफ्नै गुटका मान्छेहरु संग निरन्तर छलफल मा छन् ।नेकपाको सचिवालयमा नौ जना मध्ये छ जनाले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने भनेपछि ओलि संकटमा परेका हुन।

त्यसै विषयलाई लिएर बसेको स्थायी समितिको बैठकमा पनि बहुमत सदस्यले राजीनामा दिनुपर्ने धारणा राखेपछि ओलि बैठक मा जानै छोडे।

नेकपाका बहुमत केन्द्रिय सदस्यले पनि पार्टी एकतालाई जोगाइ राख्नको लागि सबै नेतृत्वले आफ्नो हठ त्याग्नुपर्ने धारणा राखेका छन् ।

पार्टीका सदस्यहरुको मात्रै होइन आम जनताको माग हो कम्युनिष्ट पार्टी पद केन्द्रित भएर फुट्नु हुँदैन । विकास र समृद्धिको ठुलो आशा र विश्वास सहित नेकपा लाई जनताले बहुमत दिएका हुन।

आज तिनै जनताको आशा र विश्वासमा तुसारापात हुने संकेत नेतृत्वबाट देखा परेको सत्तामोहले प्रष्ट पारेको छ।खडकप्रसाद गुटका मान्छेहरु भन्दैछन् जनताले केपि वलिको नाममा मत दिएका हुन नेकपा को नाम मा होईन यो जस्तो हास्यास्पद अरु के हुन सक्ला र?

यदि त्यसो हो भने नेकपा मा टाल्लिरहनु को अर्थ के छ? गम्भीर प्रश्न उब्जिएको छ।खडकप्रसाद गुट इतरका मान्छेहरु किन यसरि संकीर्णताको भावबाट प्रस्तुत भैरहेका छन ।

पार्टी भावनामा बगेर चल्ने होइन बिचार र पद्धतिमा चल्ने हो।अहिले यिनिहरुको छताछुल्ल भएको भावनालाई हेर्ने हो भने यनिहरुको काम नै प्रचण्डको खोइरो खन्ने हो जस्तै अनुभुती हुन्छ।

प्रचण्ड नै सबै हुन भन्ने पनि होइन उनका पनि केही कमजोरी हुनसक्छन् ।त्यसका लागि सभ्य भासामा आलोचना गर्न सकिन्छ ।

असभ्य भासामा गालिगलौजमा उत्रिनु कमजोर मानसिकताको उपज हो।यसले पार्टी ,ब्यक्ती,जनता कसैलाई पनि फाइदा गर्दैन।

त्यसैले अहिलेको आवश्यकता भनेको मजबुत कम्युनिष्ट एकता हो।यो एकता प्रक्रिया बाट भाग्ने छुट कसैलाई पनि छैन ।एकताको लागि नेतृत्वमा भएकाले त्याग गर्न सक्नुपर्छ र गर्नुपर्छ ।

नेकपा सधै आन्तरिक किचलो मा फस्नु हुँदैन ।फराकिलो सोच र बिचार सहित देश र जनताको विकास र समृद्धिका लागि नेकपाले कम्मर कस्नैपर्छ।

यदि यसो गर्न नसकेको खण्डमा नेकपाले जनता माज जादा मुख छोप्नुपर्ने अवस्था आउन सक्छ।त्यसैले गल्तिहरुलाइ सच्याएर अगाडि बढनुको विकल्प छैन ।

किशोर सुवेदी ,
प्रेस संगठन सदस्य कर्णाली प्रदेश,

salyan