surkhet

शुल्क लिएर कोरोना जाँच गरे कारबाही गरिने मन्त्रालयको चेतावनी ,

surkhet

असार २४ ,काठमान्डौ – सरकारले कोरोना भाईरस परिक्षणको कुनै शुल्क नलिन प्रयोगशालालाई निर्देशन गरेको छ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने स्वास्थ्य मन्त्रलायका प्रवक्ता जागेस्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा जनाएका छन्।

Gorkha

सबै कोरोना परिक्षणको व्यवस्था सरकारको काममा भईरहेको पनि उनले बताए। सरकारले अहिले तीन वटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा छ।

Dailekh

जसमा वीरअस्पताल , टिचिङ र पाटन अस्पताल छन्। जसको लागि मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ।

स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न यी अस्पताललाई अनुमति दिइएको छ ।

salyan