Gold

कमेडी फ्लिमी मेकरले महानायकको उपाधिको कुरा गर्छन, प्रधानमन्त्री ओली जोकर हुन् ,

Naumule Migrate

असार २४ ,काठमान्डौ – नेपाल तरुणदल सुर्खेतका अधय्क्ष तथा संगीतकार समाजसेवी हरि बिष्टले कमेडी फ्लिम मेकरहरु फल्यास ब्याकमा जाँदै आफ्नै भद्दा मजाक उडाउने गरेको बताएका छन्।

आफ्नो सामाजिक संजालबाट बिष्टले महानायक राजेश हमाललाई विवादमा पार्न खोज्ने कमेडी मेकरहरुलाई मन नपर्ने पनि जानकारी गरेका छन्।

बर्षौ देखि महानायक उपाधिबाट सम्मानित हुँदै गरेका नायक महानायक राजेश हमालमाथि कमेडी सिरीयलकि कलाकार दिपा श्री निरौलाले राजेश हमाल महानायक हो र भन्ने अभिव्यक्ति पछि उनलाई चौतर्फी गालि गलौज बढेको छ।

गालि गलौज खेप्न नसकेपछि बोल्दा आफ्नो गल्ति भएको र महानायक राजेश हमालको नाम लिने औकात समेत नभएको भन्दै आफै माफी मागेकी छिन्।

राजेश हमाल बाहेक कोहिपनि महानायक बन्न नसक्ने भन्दै पछिल्लो समय नेपाली कलाक्षेत्रमा यो खडा भएको प्रश्न हो ।

कमेडी फ्लिम बनाएर दर्शकले मन नपराएपछि फिल्म क्षेत्रको पीडा दीपाले राजेश हमालमाथि रिस पोखेको दर्शकको बुझाई छ ।,

नेपालि चलचित्र क्षेत्रलाइ नेपालमा स्थापित गराउने युगौ देखि युग सम्म नेपालि सामाजिक क्षेत्रलाई बचाउने राजेश हमालको नाममा कसैले प्रश्न गर्न नहुने समेत हरि बिष्टको आग्रह छ।

महानायकको दायित्व र कर्तब्य कस्तो हुन्छ, महानायकको उपाधि कसले दिने भन्ने बिषयमा कमेडी मेकरलाई जानकारी नहुने र जसको लागि कलाकारका हस्ती संग बुझ्न जरुरि रहेको पनि बिष्टको बुझाई छ ।

अहिलेका प्रधानमन्त्री केपी ओली जोकर हुन् ,

नेकपाका वर्तमान प्रधानमन्त्री ओली हावा र जोकर लागेको अधय्क्ष बिष्टको तर्क छ ।

प्रधानमन्त्री ओली सत्तामा राज चलाउन पुर्व एनेकपा माओवादीसंग साँठ गाँठ गरि पार्टी एकता गरेपनि उनको सपना पुरा हुन नसक्दा अहिले अर्कै पार्टीनै खोल्ने समेत धम्कि दिदै आएका छन्।

प्रचण्डको बुही चढेका ओलीले एक कार्यक्रममा जनताका अधिकारका लागि राणा र राजासंग लड्ने एक निष्ठावान विपी कोईरालालाई बाँचेको भए पुर्व एमालेमा प्रवेश गर्ने थिए भनेर बोलेका थिए।

जसलाई जनताले कमेडी र भद्दा भाषणको संज्ञा दिएका थिए। पुर्व एमाले र पुर्व एमाओवादी २०७५ साल जेस्ठ ३ गते एक भएपनि देशमा भ्रस्टाचारले चिन्ने गरेको ओली सरकारलाई आफ्नै पार्टीका नेताले साथ् नदिदा अहिले घर न घाट भएर बसेका छन्।

पार्टी र विधान विपरित अध्यादेश जारि ,खारेज ,रास्ट्रघाति एमसीसीको पक्ष सांसद अपहरण काण्ड ,ललितानिवास जग्गा प्रकरण ,ओमनि ग्रुप ,सभामुख महरा फसाउने काण्ड, महामारी कोरोना नियन्त्रण असफल जनताको १० अर्ब भुस जस्ता हजारौ ओलीका काण्ड छन्।

अहिले स्थायी कमिटिका सम्पूर्ण सदस्यले ओलीको राजिनामा माग गरेका छन्, भने उपाअध्य्क्ष बामदेव गौतम ,बरिस्ठ नेता झलनाथ खनाल ,माधव कुमार नेपालले दुवै पदबाट राजिनामाको माग गरेपछि ओलीको निद्रा हराम भएको छ।

ओली दैनिक जस्तो रास्ट्रपतिलाई भेट्न जाने र आफुलाई भारतले पदबाट हटाउन दबाब दिएको अभिव्यक्ति दिएपछि झनै आलोचनामा परेका छन्।

तीजका गितमा मौलिक चाडको बलात्कार भयो ,

नेपालको कला संस्कृति ,मौलिक चाड बिर्सिदै गएपछि मौलिक परम्परारालाई कसरि बचाउने भन्ने चिन्ता लागेको संगीतकार हरि बिष्टले रंग दर्पणलाई बताए।

अहिले बजारमा चर्चा कमाउन र भाईरल हुने दाउमा मौलिक चाडको बलात्कार गर्नेहरुको संख्या बढेको बिष्ट बताउछन।

महिलाहरुको पर्वमा पुरुषहरु पनि ईलेक्ट्रिक गिटार र ड्रम बजाएको जस्तो गरि मौलिक चाडमा विकृति फैलाएको बिस्टको भनाई छ।

,आफ्नो धर्म संस्कृति चाड पर्वलाई जस्तो सुकै अवस्थामा पनि धरापमा पर्न नदिने बिस्टको बुझाई हो।

मौलिकता र संस्कृति परमपराको संरक्षण र प्रबंधन गर्नु पर्छ भन्नेमा संघ/संस्था र प्रतिष्ठानले समेत चासो नराखेको बिस्ताले बताए।

संस्कृतिमा विकृति ल्याउने हरुलाई प्रतिष्ठानले कुनै प्रक्रिया कारबाही नगरी शान्तिप्रिय भएर बसेको समेत बिस्टको आरोप छ।

संगीतकार हरि बिष्टका थुप्रै मौलिक गित बजारमा चर्चाको सिखर चुम्न सफल छन् ,,उनि सधै आफ्नो संस्कृति बचाउने खालका सिर्जना गर्दछन ।

,गीतमा गरेको लगानी उठ्ने भन्ने कुनै टुंगो हुन्दैन तर म सधै मौलिक र परम्परा बचाउने खालका गीत गर्छु उनले भने।

संगीतकार हरि बिष्टले माईतिको देश ,स्याङ्जा जाने बाटैमा तनहु, आउछ तीज ,माइतिघर सम्झेर ,नदि तिरैमा जस्ता सयौ गीतमा आफ्नो संगीत भरेका छन्।

हरि बिष्ट अहिले कोरोनाको महामारीमा गरिन दिन दुखीको घर घरमा पुगेर आफ्नै खर्चमा खाद्यान्न वितरण गर्ने गरेका छन्।

 

Naumule Badhipahiro