नेपालमा भारतीय च्यानल बन्द ,

असार २५ ,काठमान्डौ – नेपालमा भारतीय च्यानलहरुको प्रशारण बन्द गरिएको छ।
मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।
बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

भारतीय च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको छन्।
,तेती मात्र हैन नेपालका प्रधानमन्त्री र चिनियाँ राजदुतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

भारतीय च्यानलहरुले नेपालको बारेमा धावा बोल्ने ,अतिरन्जित अनर्गल प्रशारण गरेर दिमा नाघेपछि हामिले बन्द गर्ने घोषणा गरेका हौ उनले भने।
म्याक्सका अनुसार भारतीय च्यानल कम्तिमा २० वटा बन्द गरिएको छ ,जसमा डिसहोम,डिएसएन, मेरो टिभीलगायत पनि बन्द छन् ।
आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने शर्माकाे भनाई छ।
नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मूल ढोका बन्द गर्ने सञ्चार मन्त्रालयसँग छलफल गरिनेपनि उनले शर्माले बताए।
यसैपनि नेपालमा भारतीय च्यानल अत्यधिक प्रशारण भईरहेका छन् र नेपालिहरु तेही च्यानलमा झुम्ने गरेका छन्। सत्य भन्ने हो भने नेपालमा नेपाली च्यानलनै नागरिक हेर्दैनन् ,
