कास्की पहिरो अपडेट मृतकको संख्या ७ पुग्यो ११ घाइते ,

असार २६ ,पोखरा – कास्कीमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने ११ जना घाईते छन्। राति करिब २ बजे पहिरो गएको बताईएको छ।
पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको हो, पहिरोबाट ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् ।

अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।

यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारकाे मृत्यु भएको छ ।
