अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने एसएसपी पोख्रेल ,,

वैशाख,१५ काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै हालतमा उन्मुक्ति नदिने वताएका छन् ।

शनिबार चन्द्रागिरि नगरपालिका ११ मा महानगरीय प्रहरी प्रभाग वलम्वुले गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रहरी सेवामा रहुनजेल आफू पनि कानुनको परिधिभित्र रहेर काम गर्ने र अरूलाई कानुनको दायरामा ल्याउने वताएका हुन् ।

मृत्युको चितामा जल्दासम्म पनि कोही पनि आफ्नो साथमा नहुने कुरा स्पष्ट थाहा छ । त्यसैले बाँचुन्जेल न्यायको पक्षमा लडिरहन्छु, जसले ‘महिलामाथि हिंसा गर्छ, अन्यायको पक्षमा लाग्छ, तेस्तो व्यक्तिलाई कुनै पनि हालतमा नछोड्ने ,बरु आईपर्यो भने बर्दी नै त्याग्छु पोखरेलले भने।

कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले चन्द्रागिरि जनघनत्वको हिसावले प्रहरीको सङ्ख्या कम रहेको बताए । सिमित स्रोत र साधन भएपनि अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराखेको उनले बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय भए मात्र अपराध जन्य हिंसात्मक गतिविधिलाई निरूसाहित गर्न सक्ने वताए ।

प्रहरी भित्र पनि तेस्ता गलत गर्ने प्रहरी धेरै छन् तर एकजनाले गल्ति गर्दैमा पुरा प्रहरी संगठन लाइ गलत नजरले हेर्नु उचित होइन । संगठन भित्र पनि नराम्रा क्रियाकलाप गर्ने प्रहरीलाई कानुनि कारबाही गरिने छ , तेस्को लागि प्रहरी एक्धम निस्टाका साथ् लागि परेको पनि बताय ।