suekhet
bheriad

गुण्डा नाईके दुबे प्रहरी इन्काउन्टरमा मारिए,

lekabesi

असार २६ ,कानपुर – भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन्।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला गाडी दुर्घटना भएको थियो ।

तेही बेला उनि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले दुवेलाई गोलि हानेको थियो। दुवेको छाती र कम्मरमा गोली लागेको छ ।

उनी बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी,सहित ८ जना मारीएका थिए। एजेनसी ,