नवलपरासी पश्चिममा बाढीले पुल बगायो आवगमन पुर्ण रुपले ठप्प,
असार २६ ,नवलपरासी पश्चिम – ,नवलपरासी पश्चिममा बाढीले पुल बगाउदाँ आवगमन पुर्णरुपले अवरुद्ध भएको छ ।
बिहिवार राती देखि लगातार अबिरल बर्षाका कारण प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकीटोलको खोलाको जलस्तर बढेपछि पुल भत्किदाँ सुस्ता गाउँपालिका जोडने सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रवार बिहान धोबहा खोलाको बहाव बढेपछी पुल भत्किन पुगेको हो । उक्त पुल पुर्णरुले क्षतिग्रस्त हुदाँ हजारौ मानिसहरुको आवगमन ठप्प भएको वडा नं.८ का वडाध्यक्ष कादिर अन्सारीले बताए ।
अत्याधिक बर्षाका कारण तराई क्षेत्रका नदिनालाहरुको जलस्तर बढेको छ भने नारायणी नदि समेत खतरा माथि बगिरहेको छ ।