जाजरकोट पहिरोमा परि १२ जना वेपत्ता ७ जनाको शव फेला ,

असार २६ ,काठमान्डौ – जाजरकोटमा पहिरोले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ ।

बिहिबार राति देशैभर परेको अविरल वर्षाले जाजरकोट बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका,९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।

अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।

जाजरकोट पहिरोमा वेपत्ता हुनेहरु
१ ,गोपाल सार्की ,५२ वर्षीय घर मुली ,
२ ,पुस्पा सार्की श्रीमती ,५० वर्ष ,
३ ,लाक्षमि सार्की १३ वर्ष ,
४ ,अर्जुन सार्की ११ ,वर्ष ,
५ ,कलु सार्की घरमुली
६ ,तिर्खा सार्की ,कलुको छोरी १४ वर्ष ,
७ ,कमल सार्की ११ वर्ष छोरी ,
८ ,सुभाष सार्की ६ वर्षका छोरा ,
तेस्तै कलु सार्कीको दिदिको घरमा पाउना आएका ,
९ ,डिल्ली सार्की २० वर्ष कुशे ९ चौतारा सार्की टोल ,
१० ,गौरी सार्की १४ वर्ष ,
११,कविता सार्की १६ वर्ष ,
१२ ,विरेन्द्र सार्की १८ वर्ष

प्रहरी,स्थानीय बासी दल्लिबाट हिडेको नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको र वेपत्ताको खोजि गरिरहेको जाजरकोट जिल्लाका प्रमुख अधिकारीले बताए। अहिलेपनि निरन्तर वर्षा भईरहेकोले उद्दारमा कठिनाई भएको उनले बताए।