suekhet
bheriad

१० दिनमा पेट्रोल डिजेलको भाऊ कसरि बढ्यो ,

lekabesi

असार २६ ,काठमान्डौ – नेपाल आयल निगमले फेरी १० दिनमै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले सूचना जारी गरेर पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।

बढेको मूल्यसंगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।