मान्छेको अनुहार हेरेर भविष्य बताउछु भन्ने ज्योतिष अर्जुन क्षेत्रि ठगि धन्दामा पक्राउ ,

असर २६ ,काठमान्डौ – आफुलाई ज्योतिष भनेर चिनाउने सामाजिक संजालमा पनि धेरै जस्तो लाईभ दिने र नागरिकको भविष्य बताईदिने अर्जुन क्षेत्रिलाई अख्तियार र महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

अर्जुन क्षेत्रिसहित ९ जनालाई शाहाको टोलीले पक्राउ गरेको जानकारी गरेको छ। काठमाडौंको बुढानिलकण्ठ-२ चपलीहाइटमा प्लटिङको जग्गा थियो।

उक्त प्लटिङमा सरकारी जग्गा पनि परेको हल्ला थियो छ। जग्गाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको समेत पाईएको छ।

कपनमा बस्ने अर्जुन क्षेत्रिले यो हल्ला सुनेपछि प्लटिङ गर्ने मानिसबाट पैसा असुल्ने योजना बनाएका थिए। जग्गा प्लटिङ गर्ने मानिसलाई अर्जुनले आफु अख्तियारको मानिस रहेको समेत बताएका थिए।

अर्जुनका अन्य ८ जना अख्तियारका विभिनन पदका मानिस बन्ने र ड्रेसपनि उस्तै लगाएर हिड्ने समेत गरेका थिए।

जग्गा मालिकले मुद्दा मिलाउनलाई के गर्नुपर्छ भन्दा आफुलाई ५ करोड दिए मिलाईदिने भनेपछि जग्गा मालिकले तेती धेरै दिन नसक्ने बताएपछि सचिव बनेकाले अख्तियार प्रमुखलाई कुरा गर्छु भनेर कल गरे। जसमा अर्जुन क्षेत्रि प्रमुख बनेका थिए।

,जग्गा मालिकले अर्जुनलाई तेती धेरै पैसा दिन नसक्ने बताएपछि बार्गेनिङ्ग भयो र ५० लाखमा पुगेर कुरा मिल्यो। गज्ज मालिक बाठो बनेर तेती बेला सम्म उनीहरुसंग भएको सबै कुरा अख्तियार आयोग कार्यालयमा जानकारी गराईसकेका थिए।

बिहिबार राति पैसा बुझाउने सहमति पछि अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन गयो।

५० लाख पाउने आसमा पुगेका अर्जुन क्षेत्रिलाई शाखाको टोलीले पक्राउ गर्यो , पक्राउ पर्नेहरूमा अन्य विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरूङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्।

उनीहरूलाई गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

यी ९ जनाविरूद्ध अपराधिक लाभ लिन खोजी मोबाइलबाट पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत बताउने, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुसजस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गर्नेलगायत उजुरी परेको अख्तियारले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ।