म्याग्दी पहिरोमा परेका ११ जनाको शव फेला अझै २३ जना वेपत्ता ,
असार २७ ,काठमान्डौ – शुक्रबार बिहान आएको म्याग्दी पहिरोमा परेर वेपत्ता हुनेहरुमा ११ जनाको शव फेला परेको छ मृतकको पहिचान भने खुलेको छैन।
,पहिरोमा परेका २३ जना आझै वेपत्ता छन्। मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको धौलागिरी गाउँपालिका वडान ६ का अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
पहिरोमा ४३ घर पुरीएका छन् पशु चौपाया खुकुरा ,बंगुर कति मरे भन्ने अझै क्षति विवरण हुन सकेको छैन। पहिरोमा अलपत्र परेर भागेका ४१० जनालाई केहीलाई आधारभूत विद्यालय र केहीलाई आम समुहको भवनमा राखीएको छ।
जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार शुक्रबार देखिने स्थानीय प्रहरी घटनास्थलमा पुगेर खोजिकार्य गरिरहेको छ भने गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ ।
अहिले पनि लगायातर पानि परिरहेको छ। सेनाको हेलिकोप्टर राहत समाग्री लिएर उड्ने तयारिमा रहेको कुवरले बताए ,बिहिबार देखि विभिन्न जिल्लामा आएको बढी पहिरोले वितन्डा मच्चईरहेको छ।