जाजरकोट बाढी पहिरोमा ज्यान गुमाउने हरुप्रति मन्त्रि बस्नेतद्वारा शोक व्यक्त ,

असार २७ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले जाजरकोटमा बढी पहिरोबाट ज्यान गुमाउने हरुप्रति दु:ख व्यक्त गरेका छन्।
मन्त्रि बस्नेतले मृतकहरुप्रति हार्दिक श्रदान्जली सहित शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै हराईरहेका हरुको सबैले आ -आफ्नो ठाँउबाट खोजीकार्य तिब्र बनाईदिन आग्रह पनि गरेका हुन्।
घाईते हरुको स्वास्थ्यलाभको कामना गर्दै बाढी प्रभावित स्थानहरुमा उद्दारको लागि सम्बन्धित सबै प्रदेशहरुसंग सामान्य गरि हेलिकोप्टर तयारि अवस्थामा राखेपनि मौसमका कारण आजपनि हेलिकोप्टर उड्न नसकेकेमा मन्त्रि बस्नेतले दुख ब्यक्त गरेका छन्।


उडान भोलि सम्म हुने र उद्दार र थप राहतका कामहरु व्यवस्थित गरिने मन्त्रि बस्नेतले बताएका छन्।देशभर वितन्डा मच्चाई रहेको बाढी पहिरोले जाजरकोटमा १२ जनाको ज्यान लिएको छ।
बिहिबार राति देशैभर परेको अविरल वर्षाले जाजरकोट बारेकोट गाउँपालिका ४ सार्कीगाउँका दुई घर बगाउदा १२ जना वेपत्ता छन् ति मध्ये ७ जनाको शव फेला परेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए ।
पहिरोमा ज्यान गुमाउने हरु ,१ ,गोपाल सार्की ,५२ वर्षीय घर मुली ,
२ ,पुस्पा सार्की श्रीमती ,५० वर्ष ,
३ ,लाक्षमि सार्की १३ वर्ष ,
४ ,अर्जुन सार्की ११ ,वर्ष ,
५ ,कलु सार्की घरमुली
६ ,तिर्खा सार्की ,कलुको छोरी १४ वर्ष ,
७ ,कमल सार्की ११ वर्ष छोरी ,
८ ,सुभाष सार्की ६ वर्षका छोरा ,
तेस्तै कलु सार्कीको दिदिको घरमा पाउना आएका ,
९ ,डिल्ली सार्की २० वर्ष कुशे ९ चौतारा सार्की टोल ,
१० ,गौरी सार्की १४ वर्ष ,
११,कविता सार्की १६ वर्ष ,
१२ ,विरेन्द्र सार्की १८ वर्ष
