रोजगारीमा गयका लामाको ठेगाना पत्ता नलाग्दा मलेसिमा शव अलपत्र ,,

वैशाख, १६ ,,मलेसिया – तिन वर्ष पहिले कामको लागि मलेसिया गयका सोलुखुम्ब गोलि ३ जिम्मे लामाको शव अहिले सम्म मलेसियामा रहेको छ। नेपालमा उनको ठेगानामा सम्पर्क गर्दा अहिले सम्म कोहि पनि सम्पर्कमा न आयपछी शव पठाउन गारो भयको हो ।

उनको फेब्रुअरी २० तारिखका दिन मृत्यु भएको हो। मलेसियाको हु चिन हाउँ कम्पनीमा कार्यरत लामाको आन्द्रामा खराबी भएर मृत्यु भएको पोसमार्टममा उल्लेख छ । शव सेलायाग अस्पतालमा राखिएको छ ।

उनि साढे तिन वर्ष पहिले अल जराफ हुयमन रिसोर्स प्रा.लि.बाट रोजगारीको लागि मलेसिया गयाका थिय। नेपालमा परिवार पत्ता नलाग्दा शव नेपाल पठाउन समस्या भैरहेको मलेसियास्थित नेपाली दूतावास श्रोतले बतायो ।

साविकको गोली हाल लिखुपिखे गाउँपालिकाले पनि लामाको खोजी गरेको भएपनि पत्ता नलागेको अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।