म्याग्दी पहिरोमा परि २० जनाको निधन अझै १३ वेपत्ता ,

असार २७ ,काठमान्डौ – अविरल वर्षाको कारण हिजो आएको बाढी पहिरोले म्याग्दीमा २० जनाको निधन भएको छ भने पहिरोमा पुरीएका १३ जनाको शव अझै फेला परेको छैन।
म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा विभिन्न स्थानमा पहिरोले वितण्डा मच्चाउदा ३१ जना वेपत्ता भएका थिए।
प्रहरी र स्थानीयको खोजितालास पछि २० जनाको शव फेला परेको र ३ जानलाई जिवितै उद्दार गर्न सफल भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका छन् ।

पहिरोमा परेर घाईते हरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा उद्दार गरीएको र म्याग्दीकै बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा राखेर उपचार भईरहेको छ।

धवलागिरी,६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको प्रमुख कुँवरले जानकारी दिए ।
बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ ।
धवलागिरि,६ मराङका ११, मालिका,७ बिमका ८ र रघुगंगा,६ ठाडाखानीका १ जनाको शव भेटिएको कुँवरले जानकारी दिएका छन् । तेस्तै पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार फेला परेको थियो ।
अझै वेपत्ता हुनेमा मराङमै ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।
मालिका,६ की गीता रोका दुखुखोलामा बेपत्ता भएको उनले जानकारी दिए । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पहिरोमा वेपत्ता छन्। साथै पहिरोको उच्च जोखिममा रहेका २२० जना स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
