surkhet

बाढी पहिरो पिडितसामु पुगे प्रचण्ड ,

surkhet

असार २७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवनमा पुगेका छन्।

प्रचण्ड चितवनमा पुगेर नारायनिनदिले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन्।

प्रचण्डले चितवनमा पुगेर स्थानीयलाई भने म प्रधानमन्त्रीसंग महत्वपुर्ण छलफलमा थिए तर बाढीले पारेको असर र जनताको दुख बुज्नु मेरो प्रमुख पाटो हो।

Dailekh
Gorkha

बाढीले क्षति गरेको मेघौली निउरे चोकमा कटान भएको क्षेत्रमा बलियो तटबन्ध गराउने समेत प्रचण्डले स्थानीयलाई बताएका छन्।

 

अहिले नेकपा भित्रको विवाद समाधान गर्न अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको दैनिक छलफल चलेको छ तर प्रचण्डले उक्त छलफल भन्दा बाढी पहिरोमा अलपत्र परेका जनतालाई भेट्ने काम रहेको बताएका छन्।

तेस्तै स्थायी कमिटिको बैठकलाई एक साताको लागि स्थगित गरेर जनतालाई उद्दार र राहतमा जुट्न प्रचण्डले सदस्यहरुलाई आग्रह गरेका छन्।

salyan