राहत सामग्री सहित माननीय मन्त्रि शक्ति बस्नेत र कर्णालीका मुख्यमन्त्री शाही जाजरकोट प्रस्थान ,
असार २८ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रि माननीय शक्ति बहादुर बस्नेत र कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाही राहत सामग्री लगेर जाजरकोट जिल्ला प्रस्थान गरेका छन्।
जाजरकोट बारेकोट गाँउपालेका वडान् ४ सार्की गाँउमा पहिरोमा परि ज्यान गुमाएका मृतक र वेपत्ता तथा पिडित परिवारलाई भेट्न र उद्दारका राहत सामग्री लगेर जाजरकोट प्रस्थान गरेका छन्।
तेस्तै पुर्व मन्त्रि माननीय सांसद सत्य पहाडी राष्ट्रिय सभा सदस्य द्वोय माया प्रशाद शर्मा ,भैरव सुन्दर श्रेष्ठ काठमाडौं देखि सुर्खेत हुदै आवश्यक राहात सामाग्री लिएर बाढि पहिरो प्रभाबित क्षेत्र बारेकोट प्रस्थान गरेका हुन्।
जाजरकोट बारेकोट ४ सार्कीगाउँमा १२ जना बेपत्ता मध्ये ९ जनाको शव फेला परेको छ। जाजरकोटको बारेकोटमा पहिरोका कारण ५०० घर परिवार विस्तापित भएका छन्।
जाजरकोट बारेकोट,४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
विस्थापित सबैलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ।
जाजरकोटमा बाढी पहिरो आउने खोला बढ्ने गरेपछि स्थानीय डराएर कतिपय जंगलमा समेत आश्रय लिएर बसेका छन्।