पहिरोले पुरेको मान्छे कोदालोले खनेर खोज्दै स्थानीय ,
असार २९ ,तनहु – अविरल वर्षाका कारण तनहुँम पहिरोले पुरिदा २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्त छन्।
म्याग्दे गाउँपालिका,६ बेलौतेडाँडामापहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ ।
उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
तेस्तै ब्यास नगरपालिका ७ कलेस्तीमा पहिरोले पुरिएर माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि निधन भएको छ।
रिसिङ गाउँपालिका,८ भैंसीकिलेमा पहिरोमा पुरिएर अनबहादुर थापाको एकै परिवारका ५ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता हुनेमा अनबहादुरका जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनीहरुका ५ वर्षकी छोरी अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा छन् ।
यसैगरी व्यास नगरपालिका–९ माझफाँटमा केशरबहादुर थापाको परिवारका ४ सदस्य पनि बेपत्ता भएका छन् ।
थापाकी ४० वर्षीया श्रीमती कमला, छोराहरु २४ वर्षका मनोज, २० वर्षका राजेश र २१ वर्षकी छोरी अन्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यसैगरी व्यास–११ ओरालेमा पहिरोले एक पुरिएर एक जना बेपत्ता भएका छन् । वेपत्ता हरुको खोजि कार्यमा स्थानीयहरू कोदालोले खन्दै खोज्दै गरेका छन् ,भने गण्डकी प्रदेश प्रहरी कार्यालयले थप सुरक्षाका टोलि पाठाएर हराईरहेका हरुको खोजि कार्यलाई तिब्र बनाएको छ।
तनहुँकै रिसिङ,८ की ६० वर्षीया ज्योतिमाया थापाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको पनि प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।