Gold
Bangad salyan

महेन्द्र मावि आँपचौर विद्यालयको मनोमानी भर्ना शुल्क उठाउने तयारि,

Salyan

असार ३० ,काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको महेन्द्र मावि आँपचौरले विद्यार्थीलाई मनोमानी ढंगले भर्ना शुल्क तोकेको पाईएको छ।

विद्यालयले शैक्षिक वर्ष २०७७ को भर्ना शुल्क मनोमानी ढंगले कक्षा १० लाई १५ सय ,कक्षा ९ लाई १४ सय ,८ कक्षालाई १२ सय र कक्षा ७ मा ११ सय ६ मा १ हजार तोकेको छ।

कोरोना भाईरस कोभिड १९ संक्रमण तथा रोकथामको लागि सरकारले गत वर्ष २०७६ १२ / ११ गतेबाट नेपालमा गरिएको लकडाउन अझै कायम रहेको छ, जसको प्रत्यक्ष असर स्थानीय गरिब मजदुर वर्गमा परेको छ।

सरकारले मावि, उच्च माविसम्म जनतालाई निशुल्क शिक्षा उपलब्ध गराउने भनेपनि विद्यालयमा मनोमानी ढंगले शुल्क निर्धान गर्ने र उठाउने गरेको पाईन्छ।

लकडाउनको झन्डै ४ महिना पार भईसकेपनि जनतालाई अबको बाटो के भनेन समेत अन्यौलमा छ ,महेन्द्र मवि आँपचौरले प्रतेक वर्ष विध्यार्थीबाट मन्मर्जीले शुल्क उठाउने गरेको स्थानीय बताउछन।

उक्त रकम कँहा र के को लागि प्रयोग हुन्छ ,त्यो समेत नागरिकलाई थाहा छैन। लकडाउनको अवधिमा यो वर्षमा भने विद्यालयले तोकेको भर्ना शुल्कले अभिभावक मारमा छन् ,।

चर्को शुल्क तोकीएको भन्दै स्थानीयले गुनासो गरेका छन्, भने विद्यार्थी समेत भर्ना नगरेको पाईएको छ।

यो पनि

महेन्द्र मावि आँपचौरमा चार वटा शिक्षक दरबन्दी खालि छन् ,हाल सम्म विद्यालयमा शिक्षक न्युक्तिबारे विद्यालय व्यवस्थापन समितिले कुनै चासो नराखेको स्थानीय बताउछन।

विद्यालयका प्रअ खुम प्रसाद बस्नेत विविस अध्यक्ष लोक बहादुर बुढाले हाल सम्म आँपचौर विद्यालयमा खालि रहेको दरबन्दीको पदपूर्तिको लागि कुनै पहल नगरेको र दरखास्त आवहान समेत नगरेको पाईएको छ।

साविकको माझकाँडा गाविसमा रहेको एक मात्र महेन्द्र मावि आँपचौरमा संचालन देखिनै पठन पाठन प्रभावकारी नभएको स्थानीय तथा विद्यार्थीको गुनासो छ।