सल्यानको रैकर , आँपचौर देखि नजिक पर्ने सिमानामा अहिले सम्मकै ठुलो असिना , पानि ,,
वैशाख १६ , आज परेको पानीले गर्दा सल्यान जिल्लका थुप्रै ठाँउमा क्षति गरेको छ , ।विगत केहि दिनदेखि सबै ठाँउमा पानि परे पनि सल्यान मा भने चर्को घाम लाग्ने गरेको थियो ।, आज भने एक्कासी परेको असिना पानीले बालीनाली मा क्षति पुर्याको छ ।
सल्यान जिल्को धारापानी रैकर, आँपचौर , पाँचरे , माँझाकाडा , बालुवा संग्रहि लगायत नजिक पर्ने सीमामा यो बर्षकै सोचे भन्दा बडी असिना पानि परेको छ।
तरकारीको स्रोत् उब्जनी हुने क्षेत्र मानिने खनियाखर्कमा विभिन्न समुह HVEP, RRN जस्ता गैरसरकारी संस्था को प्राविधिक र बीउ बिजन सहयोगमा किसानहरुले व्यावसायिक तरकारिखेती गरिएको थियो ।
तर त्यो पूर्ण रुपमा नस्ट भयको स्थानीय सिक्षक , सुरेन्द्र खड्काले जानकारी दिय । असिना अहिले सम्म बाटो देखि घरको आँगनमा करिब एकफीट सम्म जमेको स्थानिय खड्काको भनाई छ ।
असिनाले नगदे बालि लगायत आलु , टमाटर,गोभी , लसुन, प्याज आदि पूर्ण रुपमा नस्ट गरेको छ ।
आँपचौर , पाँचरे , लाछुहाले लगायतको मुख्य आर्थिक स्रोत मानिने टिमुर पूर्ण रुपमा नस्ट भयको छ।
, त्यो क्षेत्रमा मात्र करिब ५०० सय मुरी भन्दा बडी टिमुर निर्यात हुने गर्दछ। यसको बजार भाउ हेर्ने हो भने २ करोड भन्दा बडी स्थानीयले गुमाउनु परेको छ।
पानीले गाँउ घरका , खरले छुवायका घर हरु उडायाको छ,। भने असिनाले भित्र्याउन लागेको गँहु बालि तितर बितर पारेको छ।
बारीमा अन्बाली हुने ठाँउमा जता ततै असिना को बाक्लो खात देखिने गरेको छ। , हावा हुरीले साना ठुला केहि रुख समेत ढलेको र फलफुल हरु नस्ट गरेको छ।
बाटो घर बारी जता ततै असिना परेको र असिनाले घर का छत् ढाकेको छ ।
स्थानिय बासीका अनुसार पानि हल्का परेको छ। तर असिनाको मात्र बडी परेको छ ।, यो अहिले सम्मकै अत्यधिक मात्रामा परेको असिना हो।
बर्षभरिको अन्नबालि भित्र्याउने बेलामा असिनाले नस्ट गरे पछि किसान हरु चिन्तित्मा छन् ,। यो वर्ष नेपालमै गँहुको उत्पादन घट्ने कृषि विज्ञ हरुको भनाई छ ।
फोटो साभार सुरेन्द्र खड्का बाट ,,