कर्णाली प्रदेशसका नेताहरुमा पनि देखिन थाल्यो कोरोना,

असार ३० ,काठमान्डौ – कर्णाली प्रदेशसभा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत दुई दिन अघि गरिएको स्वाब परिक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् ।

शाहीलाई कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास भएको छ ।

शाही संसदीय समितिका विभिन्न बैठक देखि संसद बैठकमा उपस्थित हुने गरेका थिए । उनको सम्पर्कमा आएका सम्पूर्णको परिक्षण गरिने तिवारीले बताए।