विप्लव समुहका सैन्य विभाग प्रमुख पक्राउ,
असार ३० ,काठमान्डौ – मोरङको उर्लाबारी ३ बाट प्रतिबन्धित नेक्रविक्रम चन्द समूह ‘विप्लव’नेत्रृत्वको नेकपाका सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई विष्फोटक पदार्थ र हतियारसहित घरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
उनि विप्लव समूहको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख समेत हुन्। उनको साथबाट एक कटुवा पेस्तोल ,तिन राउण्ड गोलि ,सकेट बम ,विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले बताएको हो।
तेस्तै उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हाडडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद भएको प्रहरीले जानकारी गरेको हो ।
बोहोरामाथि मुलुकका विभिन्न ठाउँमा गरिएका विष्फोटका घटनामा संलग्न रहेको आरोप रहेको प्रहरीले जनाएको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको संयुक्त अपरेशसनका क्रममा बोहरालाई पक्राउ परिएको प्रहरीले जनाएको छ।
बोहरालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको प्रहरीले जनाएको छ।