सुर्खेतमा कोरोना संक्रमित युवकलाई प्रहरीले मरणासन्न कुट्यो हात भाच्चियो ,

असार ३१ ,सुर्खेत – पूर्वी सुर्खेतको सिम्ता गाँउपालिकाको एक क्वारेन्टिनमा रहेका युवकलाई प्रहरीले मरणासन्न हुनेगरी कुटेको छ।

गाउँपालिका,६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा रहेका सिम्ता गाउँपालिका ८ का युवकलाई प्रहरीले कुटपिट गरि हात भाँचीएको छ भने शरीर भरि निलडाम देखिन्छ ।

भारतबाट आएर युवक एक महिना अघिबाट क्वारेन्टिनमा बस्दै आएका छन्। सोमबार साँझ साथीसंग घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका थिए ।

उनलाई आफन्तले उपचारको लागि माग गरेपनि स्थानीय तहलेसमेत बेवस्ता गरेर घटनालाई गुपचुप राखेको बुझीएको छ ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी, पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति भएको बताइएको छ ।

युवकको सोमबार पोलिमेरीज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्दा कोरोना देखिएको अध्यक्ष कविन्द्रकुमार केसीले बताए ।

भारतबाटसँगै आएका उनका साथीहरुमा भने कोरोना देखिएन उनी साथीहरुसँगै घर जान खोज्दा क्वारेन्टिन सुरक्षामा खटिएका असई पुनले कुटपिट गरेका थिए ।

शरीर भरि निलडाम छ ,तर समचारमा आएजस्तो गरि हात भाचिने ,अस्वस्था गम्भीर भने छैन केसीले भने।

कोरोना सन्चो भएपछि उपचार गर्दिने पिडित परिवारसंग सहमति भएको छ अहिले बिरामीलाई आईसोलेसन्मा राखीए को छ,यो बेला बाहिर लैजाने असम्भव छ।

इलाका प्रहरी कार्यालयले कोरोना संक्रमित व्यक्तिलाई असई पुनले कुटपिट गरेको पुष्टि गरेको छ ,गाँउपालिका केसीले पनि पुस्टि गरेका छन् तर हाम्रो कस्तो प्रहरी मेरो साथि जिल्ला प्रहरी कार्यालयले भने कुटपिट नै नभएको दावी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामकुमार घर्ती भन्छन कुटपिट भाको छैन सम्झाएर आईसोलेसन्मा राखेका छौ।

पछिल्लो चरणमा विभिनन क्वारेईनटिनमा रहेका नागरिकलाई प्रहरीले यता दिने ,कुटपिट गरेको पाईन्छ।

सडकमा हिड्ने नागरिकलाई समेत प्रहरीले लाठी चार्ज गर्ने ,बुट बर्साउने गरेको छ। जसले गर्दा प्रहरी संगठननै बदनामी भएको मानिन्छ।