Gold

विप्लव समुहका थप अर्का नेता ओम प्रकाश पुन पक्राउ ,

Naumule Migrate

असार ३१ ,काठमान्डौ – सरकारले प्रतिबन्धित गरेको विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् ।

समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराका अनुसार उनलाई पक्राउ गरिएको र ‘जिल्ला ल्याउने तयारि भईरहेको छ।

विप्लव समूह स्रोतले भने पुन संगै उनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हिजोमात्र विप्लव समुहका विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले मोरङको उर्लाबारी ३ बाट पक्राउ गरेको छ।

Naumule Badhipahiro