कालिकोटका वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ ,

असार ३१ ,कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिका वडान ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।
शाहीले १६ वर्षीया किशोरीलाई ३ वर्षबाट लगातार बलात्कार गर्दै आएको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए।
वडा अध्यक्ष शाहीविरुद्ध पीडित किशोरीको जाहेरी र बयानका आधारमा बरजस्ती करणी मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीको सोधपुछको बयानमा भने वडा अध्यक्ष शाहीले आफुले कुनै करनी नगरेको पिडित भनिएकि किशोरी आफ्नो बहिनी नाता लाग्ने बताएका छन् उनले आफुलाई फसाउने जाल रचेको बताएका हुन्।

किशोरीका अनुसार भने वडा अध्यक्षले कक्षा ७ मा पढ्ने बेलादेखिनै बहिनि भनेर माया देखाउने र अँगालो हाल्ने गर्थे ,सहयोग गर्थे र तेही फाईदा उठाएर बलात्कार गर्थे यो कुरा कसैलाई बाहिर भने मारिदिने धम्कि दिएपछि पिडितले घर परिवार देखि कसैलाई पनि भन्न सकिनन्।
ति किशोरी विद्यालय जाने बाटो वडा अध्यक्षको घरनजिकैबाट छ उनलाई ,घर फर्किँदै गर्दा अधय्क्षले तिन वर्षबाट कोल हालेर घरभित्र लगेर बलात्कार गरेको किशोरीले बताईन ।
यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आएको आएकि थिइन् ,म बिरामी परेर सुतेकी थिएँ ।
वडा अध्यक्ष घरमा आएर पुनः बलात्कार गरिरहेका थिए,त्यो बेला ति साथीले देखि। उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् ।
तर त्यो साथीले यो कुरा गाँउभरि भनिदएपछि थाहाभयो अनि मैले घरमा पनि परिवारलाई भने ,नत्र तिन वार्शबता आफ्नो पिडा लुकाउदै आएको हु पीडितले भनिन।
