रुकुम पश्चिम सोती घटनामा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान,
असार ३१ ,रुकुम पश्चिम – रुकुम पश्चिम सोती ८ घटनाका फरार ५ अभियुक्तलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
रुकुम जिल्ला अदालतले थुनामै राखेर उनीहरुलाई थप अनुसन्धान गर्न आदे शदिएको हो ।
अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश दिएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिएका हुन् ।
उनका अनुसार चौरजहारी नगरपालिका, ८ का तुलराम घर्ती, क्वापे भनेर चिनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मंगलबार अदालतमा उपस्थित भएका थिए ।
५ जना मध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालतमा आफैं हाजिर भएका थिए ,अदालतले उनको बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरेको थियो ।
हाल सम्म सोती घटनामा ३४ जनालाई पुर्पक्षका लागि थुनुवामा राख्न अदालतले दिएको छ ।
ति मध्ये २ जनालाई उमेर नपुगेको भन्दै बालसुधारगृहमा पठाइएको छ । गत जेठ १० गते रुकुम पश्चिमको सोती ८ मा जाजरकोट भेरी नगरपालिकाका ६ जना युवकको हत्या भएको थियो।
उनीहरु सबैको शव भेरी नदीमा अफेला परेको थियो। घटनाको छानबिनमा प्रेममा जातीयताको कारण देखाई हत्या गरेको खुल्न आएको हो।
यो पनि
रुकुम सोती घटनाको प्रतिवेदन बुझ्दै सभामुखले भने दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गर्छु ,