surkhet

बर्दीमा टिकटिक बनाउने प्रहरीलाई कारबाही ,

surkhet

असार ३१ ,विराटनगर – बर्दीमा टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको खुलेपछि दुई प्रहरीमाथि कारबाही सुरु गरिएको छ।

इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राई अनुसन्धानको दायरामा तानिएका हुन्।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित दुवैले कार्य गरेको हुनाले चासोका साथ् हेरीएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

Dailekh
Gorkha

दुवैले संगै एक टेबुलमा बसेर बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाईरल छ उनीहरुले प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि अगाडी राखेका छन् ।

राईका अनुसार यो विभागीय नीति र आचरण विपरित गतिविधि हो अनुसन्धान कारबाही अगाडी बढाईएको छ ।

उनीहरुले भिडियोमा कस्ती गीत बजाए वा कुन डाइलग बोलेका छन् भन्ने गोप्य राखीएको र थप छानबिन गरेर कारबाही अगाडी बढाईने डीएसपी राईले बताए।

निर्देशिका अनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक लगाएर व्यक्तिगत रुपमा कुनै पनि गतिविधि गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्न प्रहरीको बद्नाम गराउने खालका गतिविधि संगठनको आचरणविपरित हुन्छन्हो राईले भने।

salyan