डीएसपीको नागरिकता र शैक्षिक प्रमाणपत्रनै नक्‍कली,

असार ३१ ,काठमान्डौ – नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्‍कली भएको खुलेको छ ।

सिंहविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उनले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आरोप पत्रमा उल्लेख छ ।

उनले प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झुट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको खुलेको हो ।

सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।