surkhet

आज साउने सक्रान्ति लुतो संगै कोरोना पनि फाल्नुहोला ,

surkhet

साउन १ ,काठमान्डौ – आज साउने सङ्क्रान्ति यानी आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

आजको दिनलाई किसानले मिथी मसिनो खाने र एक अर्काको घरमा जाने बोलाउने दिन पनि मानिन्छ।

कृषि प्रधान देशमा मानो रोपी मुरी उब्जाउने भन्ने किबंदन्ति अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।

Dailekh
Gorkha

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट आज साँझ लुतो फाल्ने पनि गरिन्छ ।

विभिन वनस्पतिका फल जस्तै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास छ ।

तेस्तै आज विभिन्न मठ मन्दिर पशुपतिनाथमा अमला लाग्ने ठुलो भक्तजनहरुको भिड भाड देखिने भएपनि यो वर्ष कोरोनाको महामारीले भने सबै स्थगित भएका छन्।

तेस्तै आज महिलाहरुले हातमा हरियो छुरा लगाउने मेहेन्दी लगाउने पनि गर्दछन।

salyan