फासिवादी ओली सरकार विरुद्द प्रतिरोधात्मक कारबाही संचालन गरिने, विप्लव,
साउन १ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा नेत्र विक्रम चन्द विप्लव पार्टीले गिरफ्तार भएका आफ्ना नेताहरुको निशर्त रिहाईको माग गरेको छ।
पार्टीका महासचिव विप्लवको विज्ञप्तिमा हिजो ३१ गते पक्राउ परेका सेती महाकाली ईन्चार्ज ओम पुन ,मेची कोशी ब्युरो सदस्य तथा महिला सदस्य पुर्णिमा जोखिमको रिहाईको माग गरेको छ।
साथै रास्ट्रको स्वाधिनता जनताको अधिकारका लागि लडिरहेको बेला केपी ओली सरकारको दमन र गिरफ्तारीकोघोर भत्सना गरेको छ।
विज्ञप्तिमा भनिएको छ ,ओली सरकारले गरेको यस खाले तानाशाही ,दमनका विरुद्द सबै राजनीतिक पार्टी ,मानवाधिकारवादी ,कानुन बुद्दिजिविहरुलाई विशेष ध्यान दिनहुन आग्रह गर्दछौ।
तेस्तै फासिवादी सरकारले एक तर्फ सम्पर्क गर्ने ,वार्ता भेटघाटका प्रचार गर्ने र जिम्मेवार कमरेडहरुलाई गिरफ्तारगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सरकारको चालबाजी एकतर्फी भर्ममा नपरेर फासिवादी दमनविरुद्द पार्टीपंतिले प्रतिरोधात्मक कारबाही गर्न समेत समुहले बताएको छ।