केपी ओली संकटमा आफ्ना निकट नेताहरुलाई छलफलको लागि बोलाए ,
साउन १ ,काठमान्डौ – प्रधानमन्त्री ओली पनि आफु निकटका नेता संग छलफलमा जुटेका छन्।
ओली दाहाल नेपालको आजको झंदु ३ घन्टाको छलफल निस्कर्ष विहिन भएपछि खुमलटारमा प्रचण्ड निकटका नेताहरी बीच बैठक बसेको थियो।
बैठकले ओलीले राजिनामा नदिएको हुनाले तत्काल केन्द्रिय समितिको बैठक माग गरेको छ।
यो लगतै वालुवाटारमा ओलीले पनि आफु निकटका नेताहरुलाई बोलाएर छलफल सुरु गरेका छन्।
ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरुसँग छलफल गर्न बालुवाटारमा बोलाएको श्रोतले बताएको हो ।
प्रचण्ड ,नेपाल समुहले ओलीको राजिनामा अमाग गरेका छन् भने केपी ओलीले अस्व्कार गर्दै आएका छन्।
अहिले नेकपाको दुई धार बन्दै गएपछि अब नेकपाको बाटो के भन्नेमा आम नेता कार्यकर्ताको प्रश्न उठेको छ।
प्रधानमन्त्री ओलीलाई स्थायी कमिटिले पनि राजिनामा माग गरेको छ भने विपक्षि दल समेत सडकमा राजीनामाको लागि उर्लीएको छ जसले गर्दा केपी ओली दोधारमा छन्। उनि आफ्नो पद जोगारना रास्ट्रपति समक्ष समेत् पुग्ने गरेका छन्।